Firdosko Sancho (Collection of short story)

“Firdosko Sancho – Published in 2025 (2082 B.S.) by Indigo Ink

Firdosko Sancho is his acclaimed short story collection, comprising ten stories. These narratives span multiple layers of life—from marginalized voices to the inner struggles of self. The language used in the stories is restrained, symbolic, and sensitive. The themes strongly address social injustice, memory, love, displacement, identity, and moral conflict.

Due to his deep study and research, he has established himself as the first and only Nepali writer to extensively explore Islamic mythological themes. The book was officially launched on Baisakh 5 (Friday) and has received notable attention and positive feedback from the literary community.

Publisher: Bishnu Paudel (Indigo Ink) – 9851078518 / Email: bishnuk49@mail.com / indigoinknepal@gmail.com

“Please read a historical review written by Dr. Dayaram.”

“फिर्दोसको साँचो”

अनुभूति र संज्ञान मिसिएका अभिव्यक्तिः डा. दयाराम श्रेष्ठ

राजबाबु श्रेष्ठ सागरको हालसालै बजारमा आएको “फिर्दोसको साँचो” कथासङ्ग्रहले यतिबेला निकै चर्चा बटुलीरहेको। कथासङ्ग्रह “फिर्दोसको साँचो” पढेर डा. दयाराम श्रेष्ठ प्रतिक्रिया दिएका छन्।

सामाजिक यथार्थको घटनाप्रधान प्रस्तुति नविन शैलीमा रूपान्तरण हुन सक्तछ भन्ने तथ्यलाई सङ्गृहीत १० कथाहरूले प्रमाणित गरेका छन्। आख्यानमा सद्य प्रयोगको सौन्दर्य पाइन्छ। यद्यपि आज अन्य समकालीन कथाकारहरूले झैँ यस सङ्ग्रहका कथाकारले पनि नारी विरुद्धको हिंसा र यौन शोषण, समाजमा व्याप्त परम्परागत जातीय विभेद र छुवाछुत प्रथाका साथै प्रेम–अनुरागका प्रतिक्रियात्मक परिणामहरूलाई विषयवस्तु बनाएका छन्।

तराईलाई कार्यपीठिका (सामान्यतया कुनै लेख, अनुसन्धान, अध्यन, वा सिर्जात्मक कार्यको पृष्ठभूमि, प्रेरणा, उद्देश्य र प्रक्रियालाई संक्षेपमा प्रस्तुत गर्ने खण्ड हो। यो विशेषगरी शोधकार्य, थेसिस, पुस्तक वा कलात्मक कृतिसँग सम्बन्धित दस्तावेजहरूमा प्रयोग गरिने) बनाइएको मात्र छ, तर स्थानीय रङमा कथाकारले त्यति धेरै अभिरुचि लिएका छैनन्।

किनभने कथाकारको ध्यान जीवनको दर्शन खोज्नपट्टि खिचिएको छ। यसैका लागि उनले आफूभित्रका संवेदनात्मक अनुभूति र संज्ञानलाई सम्मिश्रण गरेर आख्यानको मिठो सौन्दर्य सिर्जना गरेका छन्।

“फिर्दोसको साँचो”मा सङ्गृहीत कथाहरूको सौन्दर्य विद्यायिनी शक्ती भनेकै कथानक रचनामा विद्यमान विभिन्न कला–प्रविधिहरू हुन्। यसै सन्दर्भमा उनले गरेको सर्वाधिक महत्वपूर्ण कार्य हो। इस्लामिक मिथकको आख्यानीकरण “हर्षवर्धन र महिर्षी” कथाको सौन्दर्य यसै प्रकारको मिथकको अत्याधुनिक प्रयोगले गर्दा भिन्न भएको छ।

उनलाई इस्लामिक मिथक नेपाली पाठक समक्ष सम्प्रेषण गर्ने पथम कथा स्रष्टा मान्न कुनै द्विविधा छैन। मिथकपछि स्वैरकल्पना र चेतना प्रवाह प्रविधिलाई अत्यन्त सहजताका साथ स्वायत्त गर्न सक्ने कथाकारको पाकृत सामर्थ्य पनि प्रशंसनीय छ।

निष्कर्षमा भन्नुपर्दा यो कथासङ्ग्रह पात्रको दृष्टिविन्दुलाई पक्रेर आख्यानीकरणमा जोड दिन सचेत बनेका स्रष्टाको आशावादी स्वरको आकर्षणको आधार बनेको छ। कथाभित्रको एउटा प्रसङ्गलाई फोकस गरेर किताबको नामाङ्कन गर्ने कथाकारको प्रयास स्तुत्य छ।

समालोचक – डा. दयाराम श्रेष्ठ 
१) Short Story 

Scroll to Top