“Yaadka Bastiharu (Song Collection)”

Yaadka Bastiharu – Published in 2021 (2078 B.S.) by Pushparag Sahitya Pratisthan
A deeply moving collection of songs, where memories are gathered like flowers and strung together like a garland, creating an emotionally rich and tender lyrical experience.”

"यादका बस्तीहरू" गीतिसङ्ग्रहबाट केही आधुनिक गीतहरू

पराइ भयौ छिन्मै तिमी

पराइ भयौ छिन्मै तिमी मेरो मुटु जलाएर ।

कसरी सक्यौ भुल्न मेरो मुटुमा आगो लगाएर ।

 

मभन्दा नि माया गर्ने मुटु कतै भेट्यौ कि ?

तिम्रो याद्नि लैजाऊ सँगै यतै कतै छुट्यो कि ?

उठाउनु पर्दैन बास यो सहर नै छोडी जाँदैछु ।

खाएका सबै ती बाचा कसम सबै आज तोडी जाँदैछु ।

 

खोज्दैढु बहाना अनेक तिमिबिना जिउने ।

च्यातिएको यो मन मेरो अब केले सिउने ?

पीडा दिई गयौ तिमी मेरो ज्यानै गलाएर ।

के पायौ आखिर म बस्ने दिलमा अरूलाई नै बसाएर ।

 

 

रेकर्डिङ् मितिः २०७४ मंसिर ८ , शुक्रबार 

स्वर तथा सङ्गीत – सागर अधिकारी (शरद)

तिमी मरेर गयौ भन्ने

तिमी मरेर गयौ भन्ने विश्वास हुन्न अझै मलाई ।

यहीँ कतै छ्यौकी भनी चित्त बुझाउँछु आफूलाई ।

 

के सारो गार्हो भो तिमीबिना एक्लै जिउनलाई ।

नयन पनि रित्तिई सक्यो छैन आँसु फेरि रुनलाई ।

झल्झली सम्झी रुन्छु अझै तिम्रो त्यो चिता जलेको ।

सकिनँ मेट्न त्यो याद अझै मेरै काखमा तिमी ढलेको ।

 

दुख्छ यो छाती चिरी कसरी देखाउनु अरूलाई ।

आकाशमाथि भए पनि आउन एकैछिन भेट्न मलाई ।

थाम्नै सकिनँ गीत लेख्दा सम्झै झनै रोइर’छु ।

छट्पटी भो तिमी जल्ने चितामा जली किन मरिन’छु ।

 

रेकर्डिङ् मितिः २०७५ – साउन – शुक्रबार

स्वर तथा सङ्गीत – सागर अधिकारी (शरद)

स्वर फिमेल भर्सन – मेनुका पौडेल

मन दुख्दा फूल्ले पनि

मन दुख्दा फुल्ले पनि बिझाउँदो रैछ ।

सपना फुट्दा जून्ले पनि खिजाउँदो रैछ ।

 

फुलेर जीवन यहाँ फूलझैँ झर्दो रैछ ।

सयौँचोटि बौरिएर हजारचोटि मर्दो रैछ ।

यहाँ हाँसो र आँसुको मोल कहाँ छ र ?

हाँस्नु पनि यहाँ आँसु बेच्नु पर्दो रैछ ।

 

उखेली यौवन यहाँ रोपेझैँ गर्दो रैछ ।

एकचोटि दिएर हजरचोटि हर्दो रैछ ।

यहाँ जीवन र मृत्युको मोल कहाँ छ र !

हाँस्नु पनि यहाँ आँसु बेच्नु पर्दो रैछ ।

 

 

रेकर्डिङ् मितिः 2023/6/18

Composing & arranging – Rajendra Bajgain

Vocal – Sabin Subedi

तिमी आयौ बनी जिन्दगीको

तिमी आयौ बनी जिन्दगीको सुनौलो बिहानी । 

यही लेखियो किताबमा तिम्रो र मेरो कहानी । 

 

तिमी नै हौ जून मेरी तिमी नै हौ मन्की तारा । 

तिमी नै हौ वैशाखी तिमी नै जीवनको सहारा । 

कुर्दाकुर्दै रात हुन्छ कुर्दाकुर्दै बित्छ दिन । 

किन यस्तो हुन्छ लाग्दैन मन छुट्टिन एकै छिन । 

 

यो नयनभित्र तिम्रै तस्बिर सजाएँ मैले । 

चरीझैँ उडी जाँदा यही गीत गाएँ मैले । 

यति धेरै बाडुलीले सम्झिन्छ तिम्लाई किन ?   

किन यस्तो हुन्छ लाग्दैन मन् छुट्टिन एकै छिन् । 

 

Compose,

arranging

& Vocal – Suno AI free version

1) Firdosko Sancho (Collection of short story)

Scroll to Top