WHERE LITERATURE MEETS DESIGN & TECNOLOGY
As Rajbabu Shrestha Sagar, I present literature—poetry, short stories, translation, and criticism—as the central stream of my creative work. Alongside this, my experience in graphic design and website development connects creativity with visual aesthetics and technology. Therefore, the content here is crafted not only to be read, but to be experienced. Creative writing, branding design, and professional website development are offered in an integrated approach—where literature is the soul, and technology becomes its beautiful expression.
लघुकथा - कुकुर पूजा
राजबाबु श्रेष्ठ सागर
दसैँ सकिसकेको थियो। अब पालो थियो आउने तिहारको। तिहार पनि आँगननेरै आउनै लागेको थियो।
काग तिहार आयो। अरूबेला आँगनको बिस्कुन खाइदेला भन्ने तरासले लठ्ठीले ‘हाहा’ गरी काग भगाउने बुढी सासू आमाले नै आदेश गरिन् बुहारीलाई – “ए बुहारी ! कागलाई पूजा गर्नू। कागलाई बोलाएर खानेकुराहरू खुवाउनू।”
बुहारीले तेसै गरिन् ‘का… का’… गर्दै कागलाई डाकिन् र चारो छरिन् आँगनभरि। एकछिनपछि कागहरू आँगनको आकाशमाथि जम्माहुँदै चारो खान आए। कागहरू रामाउदै खानेकुरा खान थाले। थालमा भएका फूल र अक्षताले कागहरूलाई पुजिन् । कागहरू पनि खुसी भए।
भोलिपल्ट कुकुर तिहार आयो। सासू आमाले फेरि तेसै गरी आदेश गरिन् – “कुकुरलाई बोलाएर पुज्नू र खानेकुरा खानदिनू।”
बुहारी घरबाहिर निस्किन् र आँगनवरिपरि आँखा दौडाइँन्। तर कुकुरहरू कतै देखिएन। बुहारीले परपर खेतबारीतिर पनि आँखा कुदाइन्। घरदेखि पर बारीमा एउटा कुकुरले आफ्नै सानो छोरोले गरेको आका खाँदै गरेको देखिन्।
उनले त्यही कुकुरलाई ‘च्वोहच्होह’ गर्दै डाकिन्। कुकुर उनको आवाज सुनेर दगुर्दै आँगनमा आइपुग्यो। खानेकुराहरू देखेर कुकुरले खुसीले पुच्छर हल्लायो।
उनले कुकुरलाई मायाले सुम्सुमाइन्। टाउकोमा तेल लगाइदिइन्। घाँटीमा माला लगाइदिइन्। निधारमा टीका लगाइदिइन् र टपरीमा राखिएका खानेकुरा खान दिइन्।
कुकुरले खुसीहुँदै खायो। कुकर अघाए। अघाएपछि सिकुवाको कुनामा जाँतोनेर गएर कुकर गुँडुल्कियो।
त्यसपछि उनी भान्सा कोठामा गइन्। चुलोमा भात बसालिन्। तरकारी पकाइन्। भात पनि पाक्यो। तरकारी पनि पाक्यो। भातको भाँडो उचाली चुलोको छेउमा राखिन् र बुइँगलमाथि उक्लिन्।
आधाघण्टापछि उनी बुइँगलबाट तल झरिन्। जाँतो छेउको कुकुर उनले देखिनन्। उनी सिधै भान्सा कोठामा छिरिन्। भातको भाँडोमा मुख लगाएर अगि भरखरै पुजिएको कुकुरले भात खाँदै थियो।
उनी आतिइन् र चुलोछेउकै चिर्पट्ले रिसले कुकुरलाई ढाड्मा बजाइन् । ककुर कुइँकुइँ गर्दै फुत्त बाहिर भाग्यो।
उनीले भरखरै कुकुरलाई माला लगाई पुजिकी सम्झिन्। त्यही कुकुरले आफ्नै छोरोको आका खाको सम्झिन्। त्यही मुखले आफूले खाने भातको भाँडोमा भात खाको सम्झिन्।
वाक्क ! वाक्क ! गरी तीनपल्ट उल्टी गरिन्। अनि मनमनै भनिन् – “विष्ठा खाने कुकुरलाई भगवान्जस्तो पुजेर कहीँ हुन्छ ?”
त्यस दिनदेखि उनले कुकुर पूजा गर्नै छाडिन्।
1) Home
2) Blogs
3) About
CREATIVE WRITING, VISUAL DESIGN, AND WEB SOLUTIONS — ALL IN ONE.
